विदेशीसँग धमाधम वैवाहिक बन्धनमा बाँध्दै
झरना बज्राचार्य, विपना थापा, हर्षिका श्रेष्ठको पथ पच्छयाउँदै अर्की नायिकाले भारतीय युवकलाई दुलाहा रोजेकी छन् । विदेशी नागरिकलाई दुलहा बनाउनेको भीडमा थपिएकी छन् निरुता सिंह, उनले भदौ १४ मा मुम्बई निवासी सञ्जिव गुलाटीलाई जीवनसाथीका रूपमा रोजेकी हुन् । ०५० को दशकदेखि ‘दक्षिणा’ बाट नेपाली सिने क्षेत्रमा पाइला राखेकी निरुताले मनमन्दिर, दर्पण छायाँ, बन्धकी, दुई किनारा, दुःख, आमाको काख, आफन्त, माइती, माइली, सन्तान थरीथरीका, लहनालगायत चलचित्रमा अभिनय गरेर नेपाली…