चार लेनको बाटो हुँदै गएर बालेनले ‘बा’ लाई भेटेको फोटो सार्वजनिक

चार लेनको बाटो हुँदै गएर बालेनले ‘बा’ लाई भेटेको फोटो सार्वजनिक

हिजो काठमाडौं महानगरपालिका मेयरको पदभार ग्रहण गरेपछि बालेन साहको एउटा फोटो सार्वजनिक भएको छ । उक्त फोटो दुई साताअघिको भएको बताइएको छ ।

राष्ट्रिय सभागृहमा मतगणना हुँदै गर्दा बालेन साह एकाएक बालकोट पुगेका हुन् । उनी रातको समयमा त्यता गएका थिए । प्रारम्भदेखि नै मतगणनामा अग्रता लिएका साहलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले शुभकामना दिँदै रातो मफलर गलामा भिराइदिनुभएको थियो ।

यता आफ्नै जोडबलमा उठाइएका मेयर उम्मेदवार केशव स्थापित साहलाई केही हजारको मतले पछ्याउँदै थिए । अन्तिम परिणाम आउँदा स्थापित सिर्जना सिंहभन्दा पछाडि तेस्रो स्थानमा पुगे ।

त्यही ताका उनी ललितपुरमा मतगणना भइरहँदा मेयर उम्मेदवार चिरीबाबु महर्जनलाई भेट्न पाटन पनि पुगेका थिए ।

टिप्पणीहरू