पक्राउ परेका कार्यकर्ता तत्काल रिहाइ गरियोस् : एमाले भ्रातृ संगठन

पक्राउ परेका कार्यकर्ता तत्काल रिहाइ गरियोस् : एमाले भ्रातृ संगठन

नेकपा एमालेका दुई भ्रातृ संगठनले पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध भएका प्रदर्शनमा पक्राउ परेका आफ्ना कार्यकर्ताको बिनाशर्त रिहाइको माग गरेको छ ।

एमालेको विद्यार्थी संगठन अनेरास्ववियु र राष्ट्रिय युवासंघले आज छुट्टाछुट्टै विज्ञप्ति निकालेर कार्यकर्ता पक्राउको विरोध गर्दै अविलम्ब रिहाइको माग गरेका हुन् । दुवै विज्ञप्तिमा सकुशल आफ्ना कार्यकर्ता रिहाइ नभए सशक्त प्रतिवादमा उत्रिने चेतावनी दिइएको छ ।पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध अनेरास्ववियु र युवासंघले केही दिनयता काठमाडौँसहित विभिन्न जिल्लामा प्रदर्शन गरिरहेको छ । सो क्रममा दुबैतर्फका दर्जनौँ कार्यकर्ता गिरफ्तारमा परेका छन् ।अनेरास्ववियुका स्थायी कमिटी सदस्य सन्तोष पौडेल, त्रिवि जिल्ला अध्यक्ष शम्भु भट्ट, पाल्पा जिल्ला अध्यक्ष हिराकुल कुँवर, पब्लिक युथ क्याम्पसका अध्यक्ष लक्ष्मण दुलाल, मकवानपुरका उपाध्यक्ष भुवन मैनाली, अस्कलका नेताहरु सुमन न्यौपाने, प्रविन सुदेदी, गोपालजंग शाही, दिनेश सिग्देललगायतका कार्यकर्ता पक्राउ परेको अनेरास्ववियुको विज्ञप्तिमा जनाइएको छ ।

टिप्पणीहरू