१० महिनामा सवा अर्बको मास्क भित्रियो

१० महिनामा सवा अर्बको मास्क भित्रियो

चालू आर्थिक वर्ष २०७८/७९ को १० महिनामा नेपालले १ अर्ब २१ करोड ५२ लाख ५५ हजार रुपैयाँको फेसमास्क किनेको छ ।

२०७८ साउनदेखि २०७९ वैशाखसम्मको अवधिमा उक्त मूल्य बराबरको मास्क भित्रिएको भन्सार विभागले जनाएको छ । १४ करोड ७५ लाख १५ हजार ८८२ थान फेस्कमास्क आयात गर्दा उक्त रकम बाहिरिएको हो ।

विभागका अनुसार नेपालमा ३७ देशबाट फेसमास्क आउने गरेको छ । पछिल्लो १० महिनाको तथ्याङ्क हेर्दा सबैभन्दा धेरै चीनबाट भित्रिएको छ । चीनबाट ९५ करोड आठ लाख २४ हजार रुपैयाँको १४ करोड २५ लाख ५३ हजार ६३८ थान फेसमास्क नेपालमा भित्रिएको हो ।

टिप्पणीहरू