एमालेका एजेण्टले मतपत्र पट्याएपछि भरतपुरमा तनाव, मतगणना रोकियो

एमालेका एजेण्टले मतपत्र पट्याएपछि भरतपुरमा तनाव, मतगणना रोकियो

भरतपुर महानगरपालिकाको मतगणना रोकिएको छ । एमालेका प्रताप नामक प्रतिनिधि गणनास्थलभित्र छिरेर मतपत्र पट्याउन थालेपछि विवाद भएको हो ।

प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ । मतगणनामा खटिएका कर्मचारीले गर्ने काम एमाले एजेण्टले नै जालीभित्रै गएर गर्न थालेपछि प्रहरीले समातेको हो ।

एमालेले आफ्ना प्रतिनिधि झुक्किएर जालीभित्र प्रवेश गरेको स्वीकार गरेको छ । तर एमालेको नियतमाथि प्रश्न उठेको माओवादी र नेपाली काँग्रेसले बताएका छन् । प्रहरीले पक्रेको आफ्नो कार्यकर्तालाई रिहा गर्नुपर्ने माग गर्दै एमालेले मतगणना कार्यमा रोक लगाएको छ ।

टिप्पणीहरू