काठमाडौं महानगरमा नयाँ उल्झन,उपप्रमुखका उम्मेदवारले हाले पुनर्गणनाको निवेदन

काठमाडौं महानगरमा नयाँ उल्झन,उपप्रमुखका उम्मेदवारले हाले पुनर्गणनाको निवेदन

काठमाडौं महानगरपालिकाको निर्वाचनमा उपप्रमुख उम्मेदवार रहेका रामेश्वर श्रेष्ठले पुनः गणनाको माग गरेका छन् । झण्डै डेढ लाख मत गणना भएपछि श्रेष्ठले उक्त माग गरेका हुन् ।

निर्वाचन अधिकृतलाई सम्बोधन गर्दै मतगणना दोहोर्याउन माग गरिएको निवेदनमा श्रेष्ठले मतपत्रमा उम्मेदवार नै नभएका ठाउँमा पनि चिन्ह लगाइएको र त्यस्तो मतपत्रलाई बदर गरिँदा कलम चिन्हले प्राप्त गरेको मतसंख्यामा असर परेको उल्लेख छ ।

उपप्रमुखमा रुख चिन्ह लिएका कुनैपनि उम्मेदवार नभएकाले कलम चिन्हसँगै रुख चिन्हमा पनि मतदान गरिएको मतपत्रलाई पूरै रद्ध गर्ने कार्य स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा १७, १९, २२, २४ र २६ को भावना र मनशायअनुसार नहुने, प्रतिस्पर्धी उम्मेदवार नै नभएका कलम र रुख चिन्हमा मतसंकेत भएका मतपत्रमा कलमलाई सदर मानी उक्त ऐनको दफा ५२ बमोजिम पुनः मतगणना गर्न उनले माग गरेका हुन् ।

झण्डै दुई लाख मत खसेको काठमाडौंमा अब पुनः मतगणना गर्नुपर्दा अन्तिम परिणाम घोषणा गर्न थप दुईदेखि तीन हप्ता लाग्ने देखिन्छ ।

टिप्पणीहरू