काँग्रेसीहरुद्वारा एमाले वडाध्यक्षको गाडीमा आक्रमण

काँग्रेसीहरुद्वारा एमाले वडाध्यक्षको गाडीमा आक्रमण

नेपाली काँग्रेसका कार्यकर्ताले बुटवलमा एमाले वडाध्यक्षका उम्मेदवारको गाडीमा आक्रमण गरेका छन् ।

बुटवल उपमहानगरपालिका १२ का वडाध्यक्ष उम्मेदवार देवी रेग्मी सवार बा. २० च ६७८५ नम्बरको ईसुजु डबलक्याप गाडीमा आज बेलुकी ८ बजेतिर आक्रमण गरिएको हो ।

बुटवल १२, नयाँगाउँ चोकमा ६१८३ नम्बरको स्कुटरमा आएका तीन जनाको समूहले एकाएक गाडीमाथि ढुंगा बर्षाएको बताइन्छ ।

ढुंगा प्रहारबाट गाडीको अगाडिको सिसा फुटेको छ । आक्रमणपछि गाडीलाई प्रहरीले आफ्नो सुरक्षामा राखेको छ भने आक्रमणमा संलग्नहरु फरार रहेको प्रहरीले जनाएको छ ।

नेकपा एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले बुटवल उपमहानगरपालिकामा नेपाली काँग्रेस आफू पराजित हुने निश्चित भएपछि एमाले उम्मेदवारमाथि सांघातिक आक्रमणमा उत्रिएको बताए ।

टिप्पणीहरू