गभर्नरको मुद्दामा अन्तरिम आदेशको निरन्तरता

गभर्नरको मुद्दामा अन्तरिम आदेशको निरन्तरता

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सरकारको निर्णयविरुद्ध हालेको मुद्दामाथि भएको दुई दिनको सुनुवाईपछि. सर्वोच्च अदालतबाट अन्तरिम आदेशलाई निरन्तरता दिइने आदेश भएको छ । यसअघि न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासबाट भएको अन्तरकालीन अन्तरिम आदेशपछि वैशाख पहिलो सातादेखि कार्यालयको नियमित काममा फर्केका अधिकारीको मुद्दाको किनारा लगाउन सर्वाेच्चमा हिजो र मंगलबार बहस भएको हो ।

गभर्नर अधिकारीले दायर गरेको रिटउपर न्यायाधीशद्वय सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको इजलासमा सुनुवाइ हुँदै आएको थियो । मंगलबार मुद्दाको सुनुवाई नसकिएका कारण हेर्दाहेर्दैमा राखिएकाले हिजो र आज पुनः इजलासमा चढेको हो ।

सरकारले चैत्र २५ गते गभर्नर अधिकारीलाई निलम्बन गरी जाँचबुझ समिति गठन गरेपछि त्यसविरुद्ध उनी सर्वोच्च अदालत गएका हुन् । उक्त रिटको प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले अन्तरकालीन अन्तरिम आदेश दिएको थियो ।

गभर्नर अधिकारीको पक्षमा आधा दर्जनबढी कानुन व्यवसायीले बहस गरेका छन् । बहसमा नरेन्द्रप्रसाद गौतम, सुरेन्द्र थापा, सुशील पन्त, राधेश्याम अधिकारी, शम्भु थापालगायत सहभागी भएका हुन् ।

गभर्नरले विपक्षी बनाएको सरकारको तर्फबाट महान्यायाधीवक्ता खम्बबहादुर खातीलगायतका सरकारी वकिलहरुले बहस हुन् ।

[pdf-embedder url=”https://www.janaaastha.com/wp-content/uploads/2022/04/278436986_537332961378711_6615672174393046152_n.pdf”]

टिप्पणीहरू