अमेरिकी मन्त्रीपछि राष्ट्र संघका महासचिव युक्रेनमा

अमेरिकी मन्त्रीपछि राष्ट्र संघका महासचिव युक्रेनमा

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटनबर्ग युक्रेनको राजधानी किभ पुग्नुभएको छ । आफू युक्रेन पुगेको जानकारी गराउँदै उहाँले ट्वीटमा भन्नुभएको छ, ‘म रुसको भ्रमणपछि युक्रेन पुगेको छु ।’

हिजो अबेर ट्वीट गरेर उहाँले सोबारे जानकारी गराउनुभएको हो । ट्वीटमा जतिसक्दो छिटो युक्रेन युद्धको अन्त्य हुनुपर्ने पनि महासचिवको ट्वीटमा उल्लेख छ ।

यसअघि गर्नुभएको रुस भ्रमणको क्रममा उहाँले रुसी अधिकारीहरुसँग युक्रेनसँग कूटनीतिक वार्ता गरेर समस्याको समाधान निकाल्न आग्रह गर्नुभएको थियो । उहाँले उक्त आग्रह रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग समेत गर्नुभएको हो ।

टिप्पणीहरू