ट्याटु लाएर चुनाव प्रचार ? खबरदार

ट्याटु लाएर चुनाव प्रचार ? खबरदार

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरीतका सामग्री उत्पादन नगर्न नगराउन निर्देशन दिएको छ । आचारसंहिताविपरीतका सामग्री उत्पादन तथा प्रयोग गरेमा प्रचलित ऐनबमोजिम कारबाही गर्ने चेतावनी पनि दिइएको छ ।

आयोगले राजनीतिक दल वा उम्मेदवारको चुनाव चिन्ह अंकित ज्याकेट,टिसर्ट,टोपी, मास्क,लकेट,स्टिकर, लोगो,झोला,ब्याच, ट्याटु बनाउन नपाइने भनेको छ ।

‘ट्याटु कसरी बनाइन्छ, यसलाई मेट्न कति गाह्रो र महँगो पर्छ भन्ने नबुझ्नेले मात्रै त्यस्तो निर्देशन दिएका हुन् ।’

अन्य सामाग्री उत्पादन र बिक्री वितरणमा रोक लगाउने भनिए पनि शरिरको विभिन्न भागमा बनाइएका ट्याटुलाई कसरी रोक लगाउने भन्नेबारे प्रस्ट व्यवस्था छैन । तर आयोगले त्यस्ता चिन्ह अंकित ट्याटु मेट्नु भनेको छ ।

ट्याटु बनाएका राजनीतिक दलका एक जना कार्यकर्ताले भने, ‘ट्याटु कसरी बनाइन्छ, यसलाई मेट्न कति गाह्रो र महँगो पर्छ भन्ने नबुझ्नेले मात्रै त्यस्तो निर्देशन दिएका हुन् ।’

टिप्पणीहरू