न्यूनतम ५ हजारको टिकटमा सलमानको प्रस्तुती,एमाले सांसदद्वारा २२ करोडको कन्सर्ट बन्दोबस्ती

न्यूनतम ५ हजारको टिकटमा सलमानको प्रस्तुती,एमाले सांसदद्वारा २२ करोडको कन्सर्ट बन्दोबस्ती

आगामी जेठ १४ गते काठमाडौंको दशरथ रंगशालामा हुने सलमान खानसहित बलिउड कलाकारहरुको प्रस्तुती हेर्न दर्शकले कम्तिमा पाँच हजार रुपैयाँको टिकट लिनुपर्ने छ । त्योभन्दा बढी तिर्न चाहनेले १० हजार,१५ हजार,२५ हजार र ३० हजार रुपैयाँसम्मको टिकट लिन सक्नेछन् ।

बिहान ११ बजेदेखि हुने कार्यक्रममा दिउँसो नेपाली कलाकारले र साँझ साढे ७ बजेपछि भारतीय कलाकारले आफ्नो प्रस्तुती देखाउने भनिएको छ । एमाले सांसद तथा पूर्वमन्त्री एवम् तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक सल्लाहकार मोतीलाल दुगडको समेत सहभागितामा कार्यक्रमको बन्दोबस्त मिलाइएको बताइएको छ ।

कार्यक्रममा सलमान खानसहित १० जना बलिउड कलाकार रहने दुगड उपस्थित कार्यक्रमवीच हिजो जानकारी दिइएको हो ।

यसनिम्ति २२ करोड रुपैयाँ खर्च हुने आयोजकको दाबी छ । दुगडले उक्त कार्यक्रम नेपालको इतिहासमा अहिलेसम्मकै ऐतिहासिक इभेन्ट हुने बताएका छन् ।

टिप्पणीहरू