खडेरीले दशौँलाख गाईवस्तुको ज्यान गयो

खडेरीले दशौँलाख गाईवस्तुको ज्यान गयो

इथियोपियाको सोमाली क्षेत्रमा जारी भिषण खडेरीका कारण १० लाखभन्दा बढी गाईवस्तुको मृत्यु भएको छ ।

इथियोपियाको दक्षिणपूर्वी सोमाली क्षेत्रमा ४० वर्षयताकै सबैभन्दा खराब मानिएको यस खडेरीले यस क्षेत्रका पास्टर समुदायलाई नराम्ररी प्रभावित गरेको छ,राज्य सन्चालित फाना ब्रोडकास्टिङ कर्पोरेट (एफबीसी) ले सोमाली क्षेत्रका अध्यक्ष मुस्तफा मुहम्मदको भनाइलाई उधृत गरेको भनी सिन्ह्वाले लेखेको छ ।

खडेरीले यस क्षेत्रका नौ वटा अञ्चल प्रशासनलाई असर गरेको उल्लेख गर्दै मुहम्मदले खडेरीको अवस्था कायम रहेमा थप भयावह अवस्था आउने चेतावनी दिए ।

उनले भौगोलिक क्षेत्रको हिसाबले यो इथियोपियामा देखिएको दोश्रो ठूलो खडेरी भएको कारण यसबाट उत्पन्न मानवीय प्रकोपलाई रोक्न द्रुत र ठोस प्रयास गर्नसमेत आह्वान गरे।पानी र चरनको अभावले जीविकोपार्जनलाई विनाशकारी बनाइरहेको र धेरै दक्षिणी र दक्षिण-पूर्वी इथियोपियाका वासिन्दाहरु आफ्नो घर छोड्न बाध्य परेको चेतावनी संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रम (WFP) ले दिएको थियो ।

यस खडेरीको प्रकोपले गर्दा “धेरै पशु तथा बालिनालीहरु नष्ट हुँदै गएको र अनुमानित ५.७ मिलियन दक्षिणी र दक्षिण-पूर्वी इथियोपियाका वासिन्दाहरुले भोकमरीको सामना गर्नु परिरहेको” कुरा डब्ल्यूएफपीले गत हप्ता भनेको थियो।

डब्ल्यूएफपीका अनुसार,कूल मिलाएर,लगभग ६.८ मिलियन मानिसहरू खडेरीबाट प्रभावित भएका छन्,जसले इथियोपियाको ओरोमिया र दक्षिणी क्षेत्रलाई पनि असर गरेको छ ।

इथियोपियाको यो खडेरी प्रभावित क्षेत्रमा ठूलो मानवीय संकटबाट बच्न र खडेरी प्रभावित जनताको आवश्यकतालाई सम्बोधन गर्न १३० मिलियन अमेरिकी डलर तुरुन्तै आवश्यक रहेको पनि डब्ल्यूएफपीले जनाएको छ ।

श्रोत: सिन्ह्वा

टिप्पणीहरू