तेलको भाउ बढ्यो यता,दोष लाग्यो उताको लडाइँलाई

तेलको भाउ बढ्यो यता,दोष लाग्यो उताको लडाइँलाई

नेपाल आयल निगमले गए रातिदेखि पेट्रोलियम पदार्थको भाउ बढाएको छ । विभिन्न पक्षलाई देखाएर भाउ बढाउँदै आएको निगमले पछिल्लो पटक रुस र युक्रेनबीच जारी युध्दलाई भाउ बढाउनुपर्नाको कारण बताएको छ ।

गए रातिदेखि पेट्रोल,डिजेल र मट्टितेलमा प्रतिलिटर पाँच रुपैयाँ बढाइएको छ । अब नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर एक सय ६०,डिजेल र मट्टितेल प्रतिलिटर एक सय ४३ रुपैयाँ कायम भएको हो ।

खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर १६ सय र हवाई इन्धन (आन्तरिक) मा प्रतिलिटर पाँच रुपैयाँ बढाइएको छ भने अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर ५० अमेरिकी डलर मूल्य बढेको छ ।

अन्तर्राष्ट्रिय बजारमा रुसले उपलब्ध गराउँदै आएको तेल र ग्यासको भाउ अन्यत्रको भन्दा निकै सस्तो छ । भारतले पनि रुसबाट कच्चा तेल र ग्यास किन्ने निर्णय गरेको छ ।

टिप्पणीहरू