गोकर्णको सडक ठप्प

गोकर्णको सडक ठप्प

बौद्धबाट साँखुतर्फ जाने सडक स्थानीयवासीले गोकर्णेश्वर नगरपालिका ७ को दक्षिणढोका नजिकै रहेको खहरे खोलाको पुलमा बन्द गरेका छन् । उनीहरुले लामो समयदेखि उक्त सडक धुलाम्मे र अस्तव्यस्त बनाइएको बिरोधमा ठप्प पारेका हुन् ।

उक्त सडकमा बिहान सवा ७ बजेदेखि आवतजावत बन्द गरिएको हो । लामो समयदेखि सडक निर्माण कार्य रोकिएकाले सर्वसाधारणको स्वास्थ्यमा असर परेकाले बाध्य भएर यातायात बन्द गर्नुपरेको स्थानीयको माग छ ।

भखैरै प्राप्त समाचार अनुसार स्थानीय, प्रहरी प्रशासन र सरकारी प्रतिनिधिहरुबीच भएको छलफलमा आगामी आइतबारबाट सडक निर्माण थाल्ने सहमति भएको छ । आइतबारदेखि सडक निर्माण हुने सहमतिपछि अहिले ९ बजेबाट यातायात सुचारु भएको ट्राफिक प्रहरीले बताएको छ ।

टिप्पणीहरू