तस्विरमा मध्यपूर्वः रमजानको तयारीमा व्यस्त ! (फोटो फिचर)

तस्विरमा मध्यपूर्वः रमजानको तयारीमा व्यस्त ! (फोटो फिचर)

आउँदो शनिबारको सूर्यास्तसँगै प्रारम्भ भएर एक महिनासम्म चल्ने मुसलमानहरुको पवित्र महिना रमजानको तयारी मुस्लिम बाहुल्य देशहरुमा व्यस्तताका साथ चलिरहेको छ ।

मुस्लिम समुदायमा विशेष रुपमा मनाइने यो पर्व खासगरी मध्यपूर्वी राष्ट्रहरु प्यालेस्टाइन, सिरिया, इराक, लेबनान, इजिप्टलगायतका देशमा हप्तौँ अगाडिदेखि नै तयारी गरिन्छ । ती देशमा हिन्दुहरुको तिहारमा झैँ घर, टोल सजाएर चिटिक्क पारिन्छ । रमजानको एक महिना विशेष खालको भोजन, मिठाइ इत्यादीको खपत पनि अत्यधिक हुने गरेको छ ।

यसका साथै दिनभर पानिसमेत नपिई निराहार ब्रत (फास्टिङ) बस्नु यो पर्वको अर्को विशेषता हो । रमजानको समाप्तिसँगै मनाइने ईदले उक्त पर्वलाई थप रौनकता दिने गर्दछ । गरिबलाई खाना, लत्ताकपडा दान गरेर पुण्य कमाउनु इदको अर्को विशेषता हो ।

हेरौं, सिन्ह्वाका विभिन्न देशमा रहेका प्रतिनिधिले आफ्नो क्यामरामा कैद गरेका मध्यपूर्वमा रमजान पर्वको तयारीका केही तस्बिरः

रमजानको लागि सजावटका सामान चेक गर्दै एक व्यक्ति सिरियाको राजधानी दमास्कस मा।

रमजान महिनामा बेच्नको लागि खाना तयार गर्दै प्यालेस्टिनी महिला गाजा शहरमा

रमजान महिनामा बेच्नको लागि खाना तयार गर्दै एक प्यालेस्टिनी गाजा शहरमा

दमास्कस, सिरियामा सजावटको सामान किन्दै एक महिला

इराकको राजधानी बगदादको एउटा सुपरमार्केटमा रमजानको लागि एक व्यक्ति किनमेल गर्दै

रमजान महिनाको पवित्र उपवास कार्यक्रमको लागि लालटिनको प्रबन्ध गर्दै एक प्यालेस्टिनी विक्रेता

काहिरा, इजिप्टमा खाना मेलामा एक व्यक्ति किनमेल गर्दै

काहिरा, इजिप्टमा ड्राइ फलको व्यवस्था गर्दै एक बिक्रेता

लेबनानको राजधानी त्रिपोलीमा रमजानको आगमनको अवसरमा उत्सव मनाउन र्याल्ली गर्दै

टिप्पणीहरू