पल शाह प्रकरणः दुवै पक्षको बहस सकियो,आजै आदेश आउने

पल शाह प्रकरणः दुवै पक्षको बहस सकियो,आजै आदेश आउने

नाबालिकालाई बलात्कार गरेको आरोप लागेका अभिनेता पल शाहविरुध्दको मुद्दामा थुनछेक बहस सकिएको छ । तनहुँ जिल्ला अदालतमा शाहका १२ जना कानून व्यवसायीको बहस सकिएको जिल्ला अदालतका वैतनिक वकिल शिवराज काफ्लेले जानकारी दिए ।

उनले दुवै पक्षको बहस सकिएकाले केही समयमा आदेश जारी हुने बताएका छन् । मतियारका रूपमा पक्राउ परेका शाहका म्यानेजर कृष्ण जोशीका कानून व्यवसायीको पनि बहस सकिएको उनले बताए ।

प्रमुख जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको इजलासमा बसेको थुनछेक बहसमा हिजो पीडित पक्षका ९ जना वकिलले बहस गरेका थिए ।

पीडितले दिएको जाहेरीका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले शाहविरुध्द १४ वर्ष कैद सजाय माग गर्दै अस्ति अदालतमा अभियोग पत्र दायर गरेको थियो ।

टिप्पणीहरू