शिक्षकद्वारा यता पनि बालिकामाथि यौन दुर्व्यवहार

शिक्षकद्वारा यता पनि बालिकामाथि यौन दुर्व्यवहार

चितवनमा एक जना शिक्षकले आफ्नै विद्यालयकी १५ वर्षीया विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेका छन् । माडी नगरपालिका १ बरुवास्थित सोमेश्वर उच्च माध्यमिक विद्यालयका ३७ वर्षे शिक्षकले १५ वर्षीया विद्यार्थीमाथि यस्तो हर्कत गरेका हुन् ।

कक्षा ९ मा अध्यनरत ती बालिकालाई शिक्षक सुरज लामिछानेले यौन दुर्व्यवहार गरेपछि हिजो पीडितका आफन्तले जिल्ला प्रहरी कार्यालय चितवनमा लिखित जाहेरी दिएका हुन् ।

निजलाई पक्रेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू