मेडिकलमा लागुऔषध कारोबार, तीनजना समातिए

मेडिकलमा लागुऔषध कारोबार, तीनजना समातिए

लागुऔषध कारोबार गर्ने काठमाडौँ उपत्यकाका दुइवटा औषधी पसलमा प्रहरीले छापा मारेको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो र औषधी व्यवस्था विभागको टोलीले आज काठमाडौँ र भक्तपुरका पसलमा आज छापा मारेको हो । 

काठमाडौंको कागेश्वरी नगरपालिका वडा नम्बर-८ स्थित गोगो फार्मेसी र भक्तपुरको मध्यपुर थिमी नगरपालिका वडा नम्बर-मा रहेको टिसा फार्मेसीमा छापा मारेको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक रामेश्वर कार्कीले बताए । 

ती मेडिकल पसलबाट लागुऔषधको रुपमा प्रयोग हुने औषधी बिक्री वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा ब्यूरो र विभागको संयुक्त टोली खटिएको उनको भनाइ छ । सो क्रममा तीन जनालाई नियन्त्रणमा लिइएको उनले जानकारी दिए । 

गोगो फार्मेसीका सञ्चालक निरसकुमार महतो, टिसा फार्मेसीका सञ्चालक राजु सिपाई र कर्मचारी सतेन्द्र यादव पक्राउ परेका छन् । त्यस्तै, डेकोलिक, एन्टिकोप, तापेनताडोल, ट्रेसडोल, ट्रामोल, पानडोल, त्रुपेन, ट्रयामनिल, ओपोट्यापलगायतका लागुऔषध बरामद गरिएको ब्यूरोले जनाएको छ ।

टिप्पणीहरू