आज कोरोनाबाट मृत्यु हुनेको संख्या शून्य, ५ जना भेन्टिलेटरमा

आज कोरोनाबाट मृत्यु हुनेको संख्या शून्य, ५ जना भेन्टिलेटरमा

गत २४ घण्टामा मुलुकभर दुई सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार नौ सय ३६ जनामा पीसीआर र तीन हजार एक सय ५६ मा एन्टिजेन गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।

थपिएकामध्ये उपत्यकामा मात्रै ३२ जनामा संक्रमण देखिएको छ । तीमध्ये काठमाडौंमा १९, भक्तपुरमा १० र ललितपुरमा तीन रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । त्यसैगरी, उक्त अवधिमा दुई सय ५१ जना संक्रमणमुक्त भएका छन् ।

५ हजार ६ सय ९२ जना सक्रिय संक्रमितमध्ये संस्थागत आइसोलेसनमा एक सय २४ जना रहेका छन् । तीमध्ये ३९ जना आईसीयूमा र ५ जना भेन्टिलेटरमा रहेका छन् ।

टिप्पणीहरू