बलात्कार आरोपित अभिनेतालाई गैंडाकोट पुर्याइयो

बलात्कार आरोपित अभिनेतालाई गैंडाकोट पुर्याइयो

नाबालिका बलात्कारको आरोपमा प्रहरी हिरासतमा रहेका अभिनेता पल शाहलाई आज तनहुँबाट गैंडाकोट लगिएको छ । बयानका लागि उनलाई इलाका प्रहरी कार्यालय गैंडाकोट लगिएको प्रहरीले जनाएको छ ।

तनहुँ प्रहरीमा बलात्कारको जाहेरी दिएकी किशोरीले गैंडाकोटको एक रिसोर्टमा पनि शाहले आफूलाई बलात्कार गरेको भन्दै दुई साताअघि गैंडाकोट प्रहरीमा समेत जाहेरी दर्ता गरेकी थिइन् । उक्त मुद्दाको अनुसन्धानका लागि आरोपितलाई तनहुँबाट झिकाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का डिएसपी दिलिप गिरीले जानकारी दिए । आरोपित शाहलाई एक घण्टा अगाडि गैंडाकोट ल्याएको हो ।

बलात्कार मुद्दामा तनहुँ प्रहरीले पनि दोस्रो पटक १२ दिनको म्याद लिएर शाहमाथि अनुसन्धान गरिरहेको छ । अदालतबाट म्याद थपको अनुमति लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाइने डिएसपी गिरीले बताए ।

टिप्पणीहरू