१ सय २६ संक्रमित थपिए, १ जनाको निधन

१ सय २६ संक्रमित थपिए, १ जनाको निधन

पछिल्लो २४ घण्टामा देशभर एक सय २६ जना कोरोना संक्रमित फेला परेका छन् । आठ हजार नौ सय ३३ जनामा परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् ।

सो अवधिमा तीन सय ८५ जना संक्रमणबाट निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल देशभर कोरोनाबाट निको हुने निको दर ९८ प्रतिशत रहेको छ ।

त्यस्तै, देशभर अझै सात हजार दुई सय ४२ जना सक्रिय संक्रमित छन् । तीमध्ये काठमाडौंमा सक्रिय संक्रमितको संख्या आठ सय १८ रहेको छ । भक्तपुरमा ८८ र ललितपुरमा एक हजार ५९ जना सक्रिय संक्रमित छन् ।

आज एक जनाले ज्यान गुमाएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार नौ सय ४५ पुगेको छ ।

टिप्पणीहरू