पल-समीक्षा प्रकरणमा हिरोइनहरुको दुई कित्ता

पल-समीक्षा प्रकरणमा हिरोइनहरुको दुई कित्ता

नाबालिग गायिकालाई जबरजस्ती करणी गरेको उजुरी परेपछि तनहुँ प्रहरीको न्यायिक हिरासतमा रहेका अभिनेता पल शाहको पक्षमा समूहगत आवाज उठिरहँदा केही सिने अभिनेत्री भने पीडितको पक्षमा बोल्न थालेका छन् । रेखा थापा, ऋचा शर्मालागायतका अभिनेत्रीले पीडितको पक्षमा मुख खोलेका हुन् ।

अभिनेत्री थापाले बालिका कानुनतः सबै प्रकारको सुरक्षा र अभिभावकत्व प्राप्त गर्ने अधिकार राख्ने भएकाले उनीहरूको संरक्षण गर्नुपर्ने बताएकी छन् ।‘२० वर्षमुनिका छोरीहरु बालिका हुन् । बालिकाले कानुनतः सबै प्रकारका सुरक्षा र अभिभावकत्व प्राप्त गर्ने अधिकार राख्दछन् । समाजको भूमिका उनीहरुलाई संरक्षण गर्ने हो,’आज सामाजिक सन्जाल फेसबुकमा रेखाले लेखेकी छन्, ‘को सँग लभ छ ? कति पटक यौन सम्पर्क भयो ? यस्ता नैतिकतावादी कुराको कानुनलाई मतलव हुनुहुँदैन । समाजको आडम्बर त कुरा गरी साध्य छैन । केटी मान्छे भनेपछि दुनियाँभरि कतै नभएका नैतिक मापदण्ड र हिलो छ्याप्ने चलन लज्जाजनक रुपमा नेपालमा व्याप्त छ ।’

रेखाले लेखेकी छन्,‘कोसँग लभ छ ? कति पटक यौनसम्पर्क भयो ? यस्ता नैतिकतावादी कुराको कानुनलाई मतलब हुनुहुँदैन । समाजको आडम्बर त कुरा गरी साध्य छैन । केटी मान्छे भनेपछि दुनियाँभरि कतै नभएका नैतिक मापदण्ड र हिलो छ्याप्ने चलन लज्जाजनक रुपमा नेपालमा व्याप्त छ ।’

रेखाले नाबालिगको संरक्षण गर्नुपर्ने बताएको केही घण्टापछि अर्की अभिनेत्री ऋचा शर्माले पनि नाबालिगको संरक्षण कानुनको सम्मान रहेको बताएकी छन् । ‘मलाई विश्वास छ नाबालिगको विश्वासको हत्या गर्नेको पक्षमा लागेर एक नाबालिगको चरित्र हत्या गर्न सक्दैन मेरो समाजले । नाबालिगको संरक्षण,कानुनको सम्मान हो,’ ऋचाले लेखेकी छन् ।

रेखा र ऋचाले पीडितको पक्षमा बोलिरहँदा उता पूजा शर्मा र करिश्मा मानन्धर भने पल शाहको पक्षमा उभिएका छन् ।

टिप्पणीहरू