खैरो हेरोइनसहित कुनाल पक्राउ

खैरो हेरोइनसहित कुनाल पक्राउ

प्रहरीले खैरो हिरोइनसहित प्रदेश १ को राजधानी बिराटनगर महानगरपालिका-१२ बाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने बिराटनगर-१२ का कुनाल सिंह हुन ।

हिजो बेलुका विशेष सुराकीको आधारमा लागु औषध नियन्त्रण ब्युरोले सिंहलाई ब्राउन सुगर ३२ ग्राम, डिजिटल तराजु १ थान , को. ३३ प ३३१४ नम्वरको मोटरसाईकल सहित पक्राउ गरेको हो ।

उनीविरुद्ध लागुऔषध बेचबिखनमा कानूनी कार्वाही गर्न थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी मोरङ्ले जनाएको छ ।

टिप्पणीहरू