फरार बुद्धिमाया र दनुवार भनिने राईलाई पुनः अदालतमा बुझाइयो

फरार बुद्धिमाया र दनुवार भनिने राईलाई पुनः अदालतमा बुझाइयो

जबरजस्ती करणी र चोरी मुद्दाका फरार अभियुक्तलाई पुनः अदालतमा बुझाइएको छ । गत वर्षको पुस २७ गते जबरजस्ती करणी मुद्दामा ६ वर्ष कैद तथा २०७५ को साउन १२ गते चोरी मुद्दामा एक महिना कैद र ५१ सय जरिवाना तोकिएका अर्का अभियुक्तलाई आज जिल्ला अदालत सिन्धुलीमा बुझाइएको छ ।

अदालतमा बुझाइएकाहरुमा सिन्धुलीको हरीहरपुरगढी गाउँपालिका ३ बनौलिका लोकबहादुर घिसिङकी श्रीमती ४३ वर्षीया बुद्धिमाया घिसिङ तथा सोही गाउँपालिका ४ बस्ने रमेश राई दनुवार भनिने रमेशकुमार राई हुन् ।

जबरजस्ती करणी मुद्दाकी फरार अभियुक्त घिसिङ र चोरी मुद्दाका फरार अभियुक्त राईलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीले पक्रेर आज बिहान फैसला कार्वान्वयनको निम्ति जिल्ला अदालत सिन्धुलीमा अदालतमा बुझाइएको जिल्ला प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक मनोजकुमार लामाले जानकारी दिनुभयो ।

No description available.

टिप्पणीहरू