नेकपा समाजवादीको दोहा नगर कमिटी गठन

नेकपा समाजवादीको दोहा नगर कमिटी गठन

नेकपा एकीकृत (समाजवादी) को प्रवासको संगठन प्रवासी नेपाली एकता मञ्च विदेशका नेपालीहरुबीच क्रियाशील हुँदै संगठन निर्माणमा केन्द्रित भएको छ । यसक्रममा हिजो प्रवासी नेपाली एकता मञ्च कतार संगठन विभागले दोहा नगर कमिटी गठन गरेको छ ।

प्रवासी नेपाली एकता मञ्च कतारका अध्यक्ष रामहरी गैरेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमले वुद्धि चन्द राजवंशीको अध्यक्षतामा दोहा नगर कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षद्वयमा अब्दुल सामद मियाँ र एसान्नुल्लाहा मुसलमानलाई चयन गरेको छ ।त्यसैगरी सचिवमा अब्दुल मोकिम, उपसचिवमा जनम बर्देवा, कोषाध्यक्षमा केबल विक र सदस्यहरूमा राजकुमार चन्द, नवराज श्रेष्ठ, कृष्णदिप कुमाल, महिबुल्ला मुसलमान, भीम क्षेत्री, अनिल गौतम, अख्तर हुसेन छन् ।

मञ्चका सल्लाहकार परिषदका अध्यक्ष नरेश श्रेस्ठले समाजवादी आन्दोलनको पंक्तिमा लामबद्ध भएको उल्लेख गर्दै नवनिर्वाचित कमिटीलाई शुभकामना तथा बधाई दिएका थिए । उनले प्रवासी नेपालीका समस्यामा जोडिँदै राजनीतिलाई समाज रुपान्तरणको प्रमुख विषय बनाउनु पर्ने उल्लेख गरेका छन् ।

मञ्चका संगठन विभाग संयोजक गणेश ढकालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष याशिन मामा, महासचिव थम गिरीलगायतको उपस्थिति थियो । कार्यक्रमको सहजीकरण सचिवालय सदस्य तोयानाथ पौडेलले गरेका हुन् ।

टिप्पणीहरू