साथी फेर्न कति सजिलो

पार्टी फेरेजस्तै छ रेखा थापाको साथी फेराई । एक समय निकै मिल्ने– पछि उहीसँग झगडा, लफडा ! छवि ओझासँग औपचारिक विवाहबिनै १२ वर्ष रहिन् । सम्बन्धमा एकपछि अर्को लफडै लफडापश्चात् छुट्टिए । आर्यनको नामै उनले राखिदिएको । निर्देशक श्याम भट्टराईसँग पनि सम्बन्ध बिग्रियो । निखिल उप्रेती, विराज भट्ट, यशकुमार यी कोहीसँग आजकल बोलचाल छैन । प्रचण्डसँग चिनाइदिने चेतन सापकोटासँग पनि बोलचाल बन्द । अहिले रेखाको ट्र्याक समाउँदै छिन् पूजा शर्मा । रेखाकोझैं उनको सम्बन्ध जोसँग जोडियो त्यहीँ लफडा पर्न थालेको छ । यस्तै कारण होला अस्ति शनिबार ललितपुर सानेपास्थित हेरिटेज गार्डेनमा सम्पन्न कामना अवार्डमा पूजा एक्लै देखिइन् । रेखाकोझैं पूजाको पनि सँगै काम गरेका नायकहरू आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, आकाश श्रेष्ठसँग सम्बन्ध चिसिएको चर्चा सिनेवृत्तमा व्याप्त छ । प्रदीपसँग पानी बाराबारको स्थिति छ । पछिल्लो समय आकाश श्रेष्ठसँगको सम्बन्ध पनि चिसिएको चर्चा छ । प्रायः सबै कार्यक्रममा आकाश र पूजा सँगसँगै जस्तो देखिन्थे ।

केही साताअघि सम्झना बिर्सना छायांकनको क्रममा यी दुईको मन फाटेको बताइन्छ । पछिल्लो समय फिल्ममा कम र म्युजिक भिडियोमा बढी देखिन थालेका छन् राजेश हमाल । कुन माया सदर भो म्युजिक भिडियोबाट उनलेमैले चोट खाँदा, चट्ट बसम् देउरालीमा, जिन्दगीलगायत गीति भिडियोमा अभिनय गरेका छन् । शनिबार उनै हमाल कामना अवार्डमा देखिए । रमाइलोचाहिँ जुन रोमा उनी थिए । त्यहीं उनीसँगै आएर बसिदिए भुवन केसी, शिव श्रेष्ठ, नीर शाह, धीरेन शाक्यहरू । त्यहाँ राजेश र भुवन तारन्तार कानेखुसी गरिरहेको देखिन्थ्यो । तर, कार्यक्रम अवधिभर राजेश र धीरेनबीच बोलचाल भएको पाइएन । एक दशक अघिदेखिको शीतयुद्धको तुष कतिसम्म रहेछ भने एक समयका चर्चित यी दुई नायक एकले अर्काेको अनुहारसम्म हेर्न चाहन्न ।

टिप्पणीहरू