मेडिकलको परीक्षा इन्जिनियरिङ कलेजमा « Jana Aastha News Online
Logo
५ जेष्ठ २०७९, बिहीबार
|  Thu May 19 2022
Logo
५ जेष्ठ २०७९, बिहीबार
|  Thu May 19 2022

मेडिकलको परीक्षा इन्जिनियरिङ कलेजमा

प्रकाशित मिति :  १२ माघ २०७८, बुधबार १८:१५


कोरोना महामारीले सबै परीक्षा धमाधम स्थगित भइरहेका बेला नेपाल मेडिकल काउन्सिलले भने परीक्षा नरोक्ने भएको छ । काउन्सिलले स्थगित स्नातकोत्तर तहको विशेष परीक्षाका लागि आज समयतालिका सार्वजनिक गरेको हो ।

परीक्षा यही माघ २१ र २२ गते इन्जिनियरिङ कलेज पुल्चोकमा हुँने काउन्सिलले जनाएको छ । बिहान १० देखि १२ बजेसम्म परीक्षा सञ्चालन हुने जनाइएको छ ।

यसअघि, माघ १४ र १५ गते हुने भनिएको परीक्षा काउन्सिलका पदाधिकारी कोरोना संक्रमित भएको भन्दै स्थगित गरिएको थियो।


प्रतिक्रिया दिनुहोस !