मापसे गरेर हिँडेका दिलबहादुरको लडेर मृत्यु

मापसे गरेर हिँडेका दिलबहादुरको लडेर मृत्यु

रुपन्देहीमा एक युवक मृत अवस्थामा फेला परेका छन् । सैनामैना नगरपालिका-१ रानीकुवाका अन्दाजी ४३ वर्षीय दिलबहादुर विक आज बिहान खेतमा मृत अवस्थामा फेला परेका हुन् ।

मृतक वि.क गएराती करिब ७ बजे घर बाहिर घुम्न निस्केका थिए । उनको शव आज विहान ७ बजे स्थानीयले देखेपछि ईलाका प्रहरी कार्यालय रनौरा मुर्गीयामा खबर गरेको प्रहरीको भनाई छ ।

प्रहरीले बताएअनुसार मृतकको शरीर तथा हुलिया हेर्दा मादक पदार्थ सेवनगरी आफै लडेर मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ । शवलाई पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको छ ।

टिप्पणीहरू