एनआरएन हङकङद्वारा कन्सन्ट्रेटर मेसिन प्रदान

एनआरएन हङकङद्वारा कन्सन्ट्रेटर मेसिन प्रदान

एनआरएन हङकङले पाँचथरका स्वास्थ्य संस्थाहरुलाई अक्सिजन उत्पादन गर्ने कन्सन्ट्रेटर मेसिन हस्तान्तरण गरेको छ । पाँचथर, ताप्लेजुङ र तेह्रथुम जिल्लाका स्वास्थ्य संस्थालाई हङकङमा रहेका भूतपूर्व सैनिकहरुको संस्था एक्स गोर्खाज सर्भिसेज एसोसिएसनले १५ वटा अक्सिजन कन्सन्ट्रेटर उपलव्ध गराएको हो ।

एशोसिएसनले गैर आवासीय नेपाली संघ (एनआरएन) मार्फत पाँचथर जिल्लाका लागि ११ तथा ताप्लेजुङ र तेह्रथुमका लागि दुई दुई थान अक्सिजन कन्सन्ट्रेटर उपलव्ध गराएको हो ।

ती सामग्री सामाजिक अभियन्ता तथा राप्रपा नेता तेजकुमार कुरुम्वाङको अगुवाइमा वितरण गरिएको हो । कुरुम्वाङका अनुसार पाँचथरको सदरमुकाम फिदिममा सञ्चालित स्वास्थ्य संस्थाका लागि ४ र बाँकी ७ वटा स्थानीय तहका लागि एक एक थान अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराइएको छ ।

टिप्पणीहरू