समाजवादी प्रेस संगठन राष्ट्रिय भेलामा जुट्यो

समाजवादी प्रेस संगठन राष्ट्रिय भेलामा जुट्यो

नेकपा (एकीकृत समाजवादी) सम्बद्ध समाजवादी प्रेस संगठनले राष्ट्रिय भेलाको तयारी शुरु गरेको छ । संगठनले फागुन ७ गते हुन लागेको भेलाका लागि विभिन्न सात वटा तयारी समिति गठन गरेको हो ।

आज विज्ञप्ति जारी गर्दै समाजवादीका महासचिव भूपराज खड्काले राष्ट्रिय भेला तयारी समिति गठन गरिएको जानकारी दिएका हुन् । जसअनुसार रामकुमार एलनको संयोजकत्वमा ध्रुव रायमाझी र सविन शर्मा सदस्य रहेको प्रतिनिधि व्यवस्थापन समिति गठन गरिएको छ भने विश्वमणि सुवेदी संयोजक तथा मधुकर लुइँटेल र आशिष गुरागाईं सदस्य रहेको आवास तथा भोजन व्यवस्थापन समिति गठन गरेको छ ।

त्यस्तै, कृष्णराज गौतम संयोजक तथा नारायण पौडेल र उर्मिला कुँवर सदस्य रहेको आर्थिक व्यवस्थापन समिति, बुद्धवीर वाहिङ राई संयोजक तथा उत्तर बिष्ट र पूर्ण कार्की सदस्य रहेको मञ्च तथा हल व्यवस्थापन समिति गठन गरिएको विज्ञप्तिमा जनाइएको छ । भवानी कार्की संयोजक तथा प्रेम गौतम र रमा खड्का सदस्य रहेको अतिथि व्यवस्थापन समिति, प्रकाश खतिवडा संयोजक तथा दिनेश कार्की र सौगात मिश्र सदस्य रहेको स्वयंसेवक व्यवस्थापन समिति, शान्तराम बिडारी संयोजक तथा लेखनाथ सिकारु र माधव पौडेल सदस्य रहेको स्वास्थ्य व्यवस्थापन समिति गठन गरेको संगठनले जानकारी दिएको छ ।

समाजवादी प्रेस संगठनले विभिन्न विभागहरू पनि गठन गरेको छ । जसमा संगठन विभागको संयोजक भूपराज खड्का तोकिएका छन् । प्रशिक्षण विभागको संयोजक रामकुमार एलन, सरकारी सञ्चारमाध्यम समन्वय विभागको संयोजकमा विश्वमणि सुवेदी, विदेश विभाग संयोजकमा ऋतुराज सुवेदी, प्रचार तथा प्रकाशन विभाग संयोजक उर्मिला कुँवर, मोर्चा तथा जनसंगठन समन्वय विभाग संयोजकमा नरेन्द्र साउद र समावेशी विभागको संयोजक बुद्धवीर बाहिङ राईलाई तोकिएको छ ।

त्यस्तै, महिला विभाग संयोजक भवानी कार्की, आर्थिक विभाग संयोजक कृष्णराज गौतम, अनलाइन तथा सामाजिक सञ्जाल समन्वय विभाग संयोजक सुभाषप्रसाद साह, छापा माध्यम, आमसञ्चार माध्यम समन्वय विभाग संयोजक प्रकाश खतिवडा, प्रसारण माध्यम समन्वय विभाग संयोजक तेजप्रसाद वाग्ले, मोफसल तथा साना लगानी मिडिया समन्वय विभाग संयोजक नवराज छत्कुली र पत्रकार महासंघ र अन्य पत्रकारका पेसागत संगठन विभाग संयोजक गोविन्दप्रसाद चौलागाईंलाई बनाइएको छ ।

प्रत्येक विभागमा पाँच जना सदस्य रहने र ७ दिनभित्र सचिवालयसमक्ष नाम प्रस्ताव गर्नुपर्ने जनाइएको छ । नारायण पौडेलको संयोजकत्वमा अनुशासन आयोग गठन गरिएको छ भने माधव पौडेलको संयोजकत्वमा लेखा आयोग बनाइएको छ । यी दुबै आयोगका संयोजकलाई एक जना महिलासहित तीन जनाको नाम ७ दिनभित्र संगठन विभागसमक्ष प्रस्ताव गर्न भनिएको छ ।

संगठनले केन्द्रीय सचिवालय विस्तार गरेर १५ सदस्यीय बनाएको छ । विस्तारित सचिवालयमा शम्भु श्रेष्ठ, विश्वमणि सुवेदी, प्रकाश खतिवडा, नरेन्द्र साउद, शान्तराम बिडारी, भवानी कार्की, नवराज छत्कुली, बुद्धवीर बाहिङ राई, भूपराज खड्का छन् ।

त्यस्तै, रामकुमार एलन, तेजप्रसाद वाग्ले, उर्मिला कुँवर, कृष्णराज गौतम, गोविन्दप्रसाद चौलागाईं र सुभाषप्रसाद साहलाई पनि सचिवालयमा राखिएको छ ।

टिप्पणीहरू