क्याम्पसमा मूर्दावादको नारा घन्कियो

क्याम्पसमा मूर्दावादको नारा घन्कियो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिको विरोधमा विद्यार्थीहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । राजधानीको अस्कल क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले क्याम्पस परिसरमा प्रदर्शन गरेका हुन् ।

‘मूल्यवृद्धि फिर्ता गर’ लेखिएका प्लेकार्ड बोकेर विरोध प्रदर्शन गरेका उनीहरुले महामारीका बीच मूल्यवृद्धि गरिएको भन्दै सरकारविरुद्ध नाराबाजी गरेका छन् ।

अस्कल क्याम्पसका विद्यार्थीले नाराबाजी थालेपछि नजिकैका सरस्वती क्याम्पस, पब्लिक युथ क्याम्पस र पिपुल्स क्याम्पसका विद्यार्थीहरुसमेत नारा लगाउँदै त्यहाँ पुगेका हुन् ।

निगमले गए मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटिर तीन रुपैयाँ बढाएको छ । यस्तै आन्तरिक हवाई इन्धनको मूल्यमा पनि प्रतिलिटर पाँच रुपैयाँ वृद्धि गरिएको छ ।

टिप्पणीहरू