फुटबल हेर्न गएकासँग खोपकार्ड मागियो

फुटबल हेर्न गएकासँग खोपकार्ड मागियो

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी ‘ए’ डिभिजन लिग हेर्न गएका दर्शकलाई कोरोनाविरुद्धको खोप लगाइएको कार्ड देखाउन भनिएको छ । अखिल नेपाल फुटबल संघको लिग समितिले रंगशाला प्रवेश गर्न खोपकार्ड अनिवार्य गरेपछि कार्ड मागिएको हो ।

एन्फाका अनुसार प्रवेशद्वारमा खोप कार्ड देखाएपछि मात्रै दर्शकले रंगशालाभित्र प्रवेश गर्न पाउने भएकाले कार्ड मागिएको हो । संघको यो निर्णयसँगै खोप लगाएका दर्शकले मात्रै रंगशालामा फुटबल हेर्न पाउने भएका छन् ।

रंगशालामा आजदेखि नवौँ चरणको ए डिभिजन फुटबल लिग सुरु भएको छ । मुलुकमा कोरोना संक्रमितको संख्या बढेपछि खोप लगाएका दर्शकलाई मात्र रंगशाला प्रवेश गर्न दिने निर्णय भएको हो । खेल सञ्चालन गर्दा सरकारले तोकेका सबै स्वास्थ्य तथा सुरक्षा प्रोटोकल पालना गर्नुपर्ने भएकाले त्यसो गरिएको बताइएको छ ।

रंगशालामा प्रवेश गर्ने क्रममा सबैको शरीरको तापक्रमसमेत नाप्ने गरिएको छ । त्यसैगरी भौतिक दूरी अनिवार्य पालना गर्नुपर्ने नियम बनाइएको जानकारी दिइएको छ ।

टिप्पणीहरू