गोलीसहितको पेस्तोल बोकेर चोकमा तीन जना

गोलीसहितको पेस्तोल बोकेर चोकमा तीन जना

सुनसरीको इनरुवा नगरपालिका–३, महेन्द्र चोकबाट प्रहरीले हिजो एक थान पेस्तोल, एक थान म्याग्जिन र तीन राउण्ड गोलीसहित तीन जनालाई समातेको छ ।

पक्राउ पर्नेमा हरिनगर गाउँपालिका–६ का २३ वर्षीय फरियाद मियाँ अन्सारीसहित तीन जना छन् । उनीहरुलाई प्रहरीले हिजो बिहान पक्राउ गरेको हो ।

चोकमा हतियार बोकेका मानिस हिँडिरहेको सूचना पाएपछि प्रहरीले तत्काल पक्राउ गरेको बताएको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले चोकमा जाँच गर्ने क्रममा उक्त हतियार फेला परेको हो ।

टिप्पणीहरू