भारतमा खतराको घण्टी, नेपालमा के होला ?

भारतमा खतराको घण्टी, नेपालमा के होला ?

पछिल्लो समय भारतमा कोरोना संक्रमण दर उच्च छ । त्यहाँ एक सातामा कोरोना संक्रमण पाँच गुणाले बढेको छ । भारतमा कोरोनाको जोखिम बढ्दा नेपालमा पनि संक्रमणको जोखिम उत्तिकै छ । हिजो त्यहाँ एकैदिन १ लाख ७९ हजार बढीमा संक्रमण पुष्टि भएको छ ।

भारतमा कोरोना संक्रमणले भयानक रुप लिँदा नेपालमा पनि कोरोनाको त्रास बढेको छ । केही दिनयता नेपालमा कोरोना संक्रमितको दरमा निरन्तर उकालो लागिरहेको छ । पछिल्लो २४ घण्टामा नेपालमा एक हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको आँकडाले कोरोना संक्रमितको बढ्दो दरलाई दर्शाउँछ ।

संक्रमण कम भएर जनजीवन सामान्य अवस्थामा फर्किएका बेला पुनः जोखिमको घण्टी बजेको छ । भारतमा निकै सताएको नयाँ भेरिएन्टले नेपालमा समेत तहल्का मच्चाउने आशंका गर्न थालिएको छ । विगतमा डेल्टा भेरिएन्टले झैँ अहिले ओमिक्रोनले समेत सबैलाई त्रसित तुल्याएको छ ।

यसबीचमा मुलुकमा २७ जनामा ओमिक्रोन संक्रमण पुष्टि भइसकेको छ । ओमिक्रोन संक्रमण देखिएसँगै सर्वसाधारण थप त्रसित भएका हुन् ।

विश्वका अधिकांश देशले ओमिक्रोन संक्रमण रोकथामका विभिन्न योजना बनाइँरहदा नेपालमा भने भारतमा हुने गरेको संक्रमित संख्याको उतारचढावको आधारमा अड्कलबाजी गर्ने गरिएको आरोप लागेको छ । भारतका विभिन्न राज्यमा लकडाउन घोषणा भइसकेको छ ।

भारतले लकडाउनको घोषणा गर्दा रोजगारीका गएकाहरु धमाधम नेपाल फर्किरहेका छन् । यसले पनि नेपालमा संक्रमण फैलाउन सहयोग पुगेको छ । सीमा नाका र अन्य क्षेत्रमा समेत फितलो स्वास्थ्य व्यवस्थापनले महामारीको अर्को जोखिम बढाएको हो ।

टिप्पणीहरू