पानी र जाडोले एमालेको अधिवेशन सर्यो

पानी र जाडोले एमालेको अधिवेशन सर्यो

नेपाल कम्युनिष्ट पार्टी एमाले मुगुको ८औँ जिल्ला अधिवेशन सरेको छ । २३ पुसमा हुने भनिएको जिल्ला अधिवेशन चार दिनपछि पुस २७ गतेका लागि सरिएको हो ।

मुगुमा बुधबार रातिदेखि अविरल वर्षा र हिमपात भइरहेको छ । जसका कारण प्रतिनिधि र प्रमुख अतिथि उपस्थित हुन नसकेका कारण अधिवेशन सरेको हो ।

एमाले कर्णाली प्रदेश कमिटीको बैठकले १० वटै जिल्लामा पुस २३ गते गर्ने निर्णय भए पनि हिमपातका कारण अधिवेशन स्थगित भएको नेकपा एमाले जिल्ला प्रचार विभाग प्रमुख डबलबहादुर रोकाया जानकारी दिए ।

उनका अनुसार पुस २७ गते हुने अधिवेशनमा सम्पूर्ण पार्टी प्रतिनिधि, शुभेच्छुक, नेता कार्यकर्तालगायतलाई जानकारी गराइएको छ ।

टिप्पणीहरू