एमसीसीविरुध्द दिउँसो १२ बजे २२ दल

एमसीसीविरुध्द दिउँसो १२ बजे २२ दल

आज मध्यान्ह एमसीसीविरुद्ध २२ दलका नेताहरु माइतीघर मण्डलामा भेला हुने भएका छन् । उनीहरुले एमसीसी सम्झौतालाई संसदीय कार्यसूचीभित्र समावेश गर्न नदिन दबाबस्वरुप कार्यक्रम गर्न लागिएको बताएका छन् ।

नेकपा क्रान्तिकारी, नेकपा मसाल, नेकपालगायत २२ दल तथा राजनीतिक संगठनहरुले राष्ट्रघाती एमसीसी सम्झौतालाई संसदको कार्यसूची बन्न नदिन आजको विरोध प्रदर्शनमा सहभागी हुन आग्रह गरेका छन् ।

कार्यक्रममा दलका नेताहरुले एमसीसीविरुद्ध विचार राख्ने बताइएको छ ।

टिप्पणीहरू