नाईट्राभेट बोकेर हिँडेका युवक बाटोबाटै प्रहरी खोरमा

नाईट्राभेट बोकेर हिँडेका युवक बाटोबाटै प्रहरी खोरमा

काठमाडौंको चन्द्रागिरीबाट १८ थान नाईट्राभेट लागूऔषधिसहित एक जनालाई प्रहरीले समातेको छ । लागूऔषध लिएर काठमाडौँ आउंदै गरेका सुनसरीको हरिनगर गाउँपालिका–७ का २४ वर्षीय उपेनकुमार मेहता आज प्रहरीको फन्दामा परेका हुन् ।

विराटनगरबाट राजधानीतर्फ आउँदै गरेको ना.८ ख ८००१ नम्बरको बसलाई चेकजाँच गर्ने क्रममा उक्त लागुऔषधसहित मेहतालाई महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोलीले समातेको हो ।

उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू