यूएईमा श्रीलंकासँग भिड्दै नेपाली युवा टोली

यूएईमा श्रीलंकासँग भिड्दै नेपाली युवा टोली

एसीसी यु–१९ एसिया कप क्रिकेटमा बलियो श्रीलंकाविरुद्ध आफ्नो दोस्रो खेलमा नेपालले टस हारेर फिल्डिङ गर्दै छ । यूएईको सारजाहमा श्रीलंकाले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको हो ।

नेपाल पहिलो खेलमा बंगलादेशसँग १ सय ५४ रनले पराजित भएको थियो । दोस्रो खेलमा जित्नै पर्ने दबाबमा रहेको नेपालले आजको खेलमा हार व्यहोरेमा एक खेलअघि नै समूह चरणबाट बाहिरिनेछ ।

यता, श्रीलंका भने दोस्रो जितको खोजीमा छ । उसले पहिलो खेलमा कुवेतलाई २ सय ७४ रनले हराएको थियो ।

नेपाल र श्रीलंकाबीच सन् २००८ यता ५ पटक भिडन्त हुँदा पाँचै खेल श्रीलंकाको पक्षमा गएको छ ।

टिप्पणीहरू