चितवनमा श्रीमानले श्रीमती मारे

चितवनमा श्रीमानले श्रीमती मारे

चितवनको भरतपुर महानगरपालिका ६, अमराबस्तीमा २५ वर्षका श्रीमान २२ वर्षकी श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । स्थानीय अम्बिका महतो घर छेउमा सोमबार राति घाइते अवस्थामा फेला परेकी थिइन् ।

भोलिपल्ट बिहान आफन्तले अम्बिका लडेको अवस्थामा देखेपछि उपचारको लागि भरतपुर अस्पताल लगिएको उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । प्रहरीले मृतकको शरीरमा लागेको चोट र घटनास्थलको प्रकृतिलाई हेरेर ‘अस्वाभाविक’ आशंकामा अनुसन्धान गरेको हो ।

प्रहरी अनुसन्धानबाट अम्बिका महतोलाई निजकै श्रीमान साजन महतोले कुटपिट गरी हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक नरहरि अधिकारीले बताउनुभयो ।

त्यसपछि पक्राउ परेका महतोलाई ज्यान सम्बन्धी कसुरमा जिल्ला अदालतबाट म्याद थप गरेर कानुनी प्रक्रिया अघि बढाइएको छ ।

टिप्पणीहरू