२६ जनप्रतिनिधिले गरे ओलीको कार्यक्रम बहिष्कार

२६ जनप्रतिनिधिले गरे ओलीको कार्यक्रम बहिष्कार

पर्साको जगरनाथपुर गाउँपालिकाका जनप्रतिनिधिहरुले एमाले अध्यक्ष केपी शर्मा ओली सम्मिलित कार्यक्रम बहिष्कार गरेका छन् । गाउँपालिकाकी उपाध्यक्षसहित २६ जना जनप्रतिनिधिले गाउँपालिकाको कार्यालय भवन उद्घाटन कार्यक्रम बहिस्कार गरेका हुन् ।

गाउँपालिकाका अध्यक्ष जालिम मियाँ मन्सुरीले भवन निर्माणमा आर्थिक अनियमितता गरेको आरोप लगाउँदै उपाध्यक्ष बिसमिल्लाह खातुनसहित २६ जना जनप्रतिनिधिले कार्यक्रम बहिस्कार गर्ने निर्णय गरेको बताइन्छ ।

उपाध्यक्ष खातुनले ३४ जना कार्यपालिका सदस्यमध्ये २६ जनाले कार्यक्रममा नजाने निर्णय गरेको जानकारी दिइन् । कार्यालय उद्घाटन कार्यक्रमबारे अन्य प्रतिनिधिहरुलाई जानकारी नै नगराइएको भन्दै खातुनले अरुलाई पठाएको निमन्त्रणा कार्डबाट थाहा पाएको पनि बताएकी छिन् ।

“उपाध्यक्ष खातुनले ३४ जना कार्यपालिका सदस्यमध्ये २६ जनाले कार्यक्रममा नजाने निर्णय गरेको जानकारी दिइन् ।”

उपाध्यक्ष खातुनसहित वडा नम्बर २ का वडाअध्यक्ष प्रभुप्रसाद कुर्मी,वडा नम्बर ३ का वडाअध्यक्ष नगिना राउत अहिर,वडा नम्बर ५ का वडाअध्यक्ष बिहारी महतो नुनिया, कार्यपालिका सदस्य, वडा सदस्यलगायत २६ जना जनप्रतिनिधिहरुले उक्त कार्यक्रम बहिस्कार गरेका हुन् ।

गाउँपालिकाको कार्यालय उद्धघाटनजस्तो सार्वजनिक महत्त्वको कार्यक्रमसँगै पार्टी प्रवेश कार्यक्रम राखिएकोमा पनि जनप्रतिनिधिहरुले असन्तुष्टि जनाएका छन् । गाउँपालिकाका अध्यक्ष मन्सुरीले आफू एमाले प्रवेश गरेर बिना छलफल ओलीबाट भवन उद्धघाटन गराउन लागेको बताइन्छ ।

टिप्पणीहरू