हेटौँडामा पनि एमालेको उस्तै अवरोध

हेटौँडामा पनि एमालेको उस्तै अवरोध

लामो समयदेखि संघीय संसद अवरुद्ध गरिरहेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बागमती प्रदेशसभा बैठकमा पनि अवरोध पुर्याएको छ ।

प्रदेशसभाको आजको बैठकमा सभामुख सानुकुमार श्रेष्ठले कार्यसूची पेश गर्न लाग्दा एमालेका प्रदेशसभा सदस्यहरुले अवरोध गरेका थिए ।

सांसद केशवराज पाण्डेले बुधबारको बैठकमा आफ्नो दलले राखेका विषयमा मुख्यमन्त्रीले जवाफ नदिएसम्म बैठक चल्न नसक्ने बताएपछि एमाले सांसदहरु नाराबाजीमा उत्रिएका थिए ।

एमालेको अवरोधपछि प्रदेशसभा बैठक स्थगित गरिएको छ । एमालेले सभामुखको राजीनामा माग्दै पुनस्र्थापित संघीय प्रतिनिधिसभाको बैठक पनि लगातार अवरुद्ध गरिरहेको छ ।

टिप्पणीहरू