ललिता निवास जग्गा प्रकरणका मुख्य आरोपी पक्राउ

ललिता निवास जग्गा प्रकरणका मुख्य आरोपी पक्राउ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ललिता निवास प्रकरणका मुख्य आरोपी रामकुमार सुवेदीलाई पक्राउ गरेको छ ।

नक्कली कागजातका भरमा सरकारी जग्गालाई व्यक्तिको नाममा दर्ता गराएको र नक्कली मोही खडा गरेर जग्गा हत्याएको आरोपमा सुवेदी र उनकी पत्नी माधवीलाई सीआईबीले पक्राउ गरेको हो ।

सीआईबी प्रमुख धिरजप्रताप सिंहले सुवेदी दम्पत्ति पक्राउ परेको र म्याद थपका लागि अदालतमा लगिएको बताउनुभयो । ‘उनीहरुमाथि सरकारी कागजात कीर्ते गरेको आरोपमा छानबिन चलिरहेको छ, अनुसन्धानका क्रममा हामीले पक्राउ गरेका हौं,’डीआईजी सिंहले भन्नुभयो, ‘थप विवरण अनुसन्धानपछि खुल्दै जाला ।’

सुवेदीविरुद्ध दुई वर्षअघि नै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भइसकेको छ । मुद्दा दायर भएपछि अदालतमा हाजिर नभएका उनी लुकिछिपी हिँडेका थिए ।

टिप्पणीहरू