आफै चढेको हायसले किचेर एक युवकको ज्यान गयो

आफै चढेको हायसले किचेर एक युवकको ज्यान गयो

हायसबाट ओर्लदा किचिएका एक जना यात्रुको ज्यान गएको छ । ज्यान गुमाउने यात्रु झापाको कमल गाँउपालिका-५ का २१ वर्षीय निर्मल खवास हुन ।

उनी दमक नगरपालिका-४ मा हायसबाट ओर्लदा किचिएका थिए ।

हिजो राती साढे ९ बजे बा ३ ख ८६२७ नम्बरको हायसबाट ‍ओर्लदा घाइते भएका खवासलाई उपचारको लागि नोबेल अस्पताल बिराटनगर पुर्याकईएको थियो । उनको उपचारको क्रममा राती पौने १२ बजे मृत्यु भएको हो ।

गाडी तथा चालक धनकुटा नगरपालिका-१० का २७ वर्षीय प्रेम कार्कीलाई ईलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।

टिप्पणीहरू