दुबईमा ९ जना नेपाली अलपत्र

दुबईमा ९ जना नेपाली अलपत्र

वैदेशिक रोजगारीको सिलसिलामा दुबई पुगेका नौ जना नेपाली अलपत्र परेका छन् । अलपत्र पर्नेहरूमा उदयपुरका धनराशी तामाङ, गंगाबहादुर मगर, वीरबहादुर तामाङ र प्यूठानका चार जना र धादिङका एक जना छन् । उनीहरूलाई काठमाडौंको सामखुसीमा रहेको राजधानी म्यानपावरले कामको जिम्मा लिएर दुबई पुर्याएको थियोे ।

कम्पनीले भिजिट भीसामा जनही १ लाख ७० हजार रुपैयाँ लिएर पठाएको बताइन्छ । तर कार्यरत कम्पनीले काममा लगाएर तलबसमेत नदिएपछि पीडितहरूले सामाजिक सञ्जालमा सहयोगको याचना गरेका छन् । उनीहरुलाई राति ८ बजेको समयमा कोठाबाट निकालेर घरको न घाटको अवस्थामा पुर्याएको छ ।

पीडितहरूले दुबईमा रहेका नेपालीसँग र त्यहाँस्थित दूतावाससँग सहयोगको अपिलसमेत गरेका छन् । सामाजिक सञ्जालमा लेखिएको छ, ‘दाजुभाइहरुले सकेको सहयोग गरिदिनु होला पिडीतहरू आफ्नै देश फर्कन चाहन्छन् ।’

टिप्पणीहरू