मलेसियामा बाढीबाट २२ हजार जनता विस्थापित

मलेसियामा बाढीबाट २२ हजार जनता विस्थापित

मलेसियामा बाढीका कारण २२ हजारभन्दा बढी मानिस विस्थापित भएका छन् । गत बिहीबारदेखि परेको अविरल वर्षाका कारण आएको बाढीले उनीहरुको उठिवास लगाएको हो ।

डरलाग्दो बाढीका कारण नदीमा पानीको बहाव निकै बढेको छ । त्यहाँका धेरैजसो शहरी क्षेत्र डुबानमा परेका छन् । यस्तै प्रमुख सडकहरू अवरुध्द हुँदा हजारौं सवारी चालक अलपत्र परेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

आठ राज्यमा लगभग २२ हजार बाढी पीडितलाई आधिकारिक सरकारी वेबसाइटमा रेकर्ड गरिएको छ । तीमध्ये १० हजारभन्दा बढी मध्य राज्य पहाङका हुन् ।

टिप्पणीहरू