नेपाललाई फाइनल पुग्न श्रीलंकाको भर

नेपाललाई फाइनल पुग्न श्रीलंकाको भर

बंगलादेशमा जारी साफ यू–१९ महिला च्याम्पियनसिपमा नेपालले आफ्नो अन्तिम लिग खेलमा भारतसँग हार ब्यहोरेको छ ।

ढाकास्थित शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा आज दिउँसो पौने ३ बजेबाट सुरु भएको खेलमा सम्हालिन नसक्दा नेपालले भारतसँग एक–शून्य गोल अन्तरको हार ब्यहोर्नु पर्यो ।

फाइलन पुग्नका लागि नेपाललाई आजको खेल कम्तीमा बराबरी गर्नुपर्ने थियो । तर, खेलको दोस्रो हाफको ६६औं मिनेटमा भारतकी प्रियानजका देवीले एक गोल गरेसँगै नेपालको फाइनल यात्रा कठिन बनेको छ।

नेपालले अब आजै बेलुका हुने बंगलादेश र श्रीलंकाबीचको खेलको नतिजा पर्खनुपर्ने भएको छ । अब नेपाललाई फाइनलमा पुग्न बंगलादेशलाई श्रीलंकाले हराउनुपर्ने हुन्छ । यदि श्रीलङ्का र बङ्गलादेशबीचको खेल बराबरीमा सकियो या बङ्गलादेश विजयी भयो भने नेपालको फाइनल यात्रा समाप्त हुनेछ ।

टिप्पणीहरू