सिमेन्टको गाडीमा आगलागी

सिमेन्टको गाडीमा आगलागी

दाङबाट सिमेन्ट बोकेर कैलाली पुगेको ट्रकमा आगो लागेको छ । सुदूरपश्चिम प्रदेश ०२–००१–ख नम्बरको ट्रकमा अत्तरियास्थित सडकमा चल्दाचल्दै आगो लागेको हो ।

गोदावरी नगरपालिकाको दम्कलको सहायताले आगो नियन्त्रणमा लिएको र अहिले अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीका अनुसार आगलागीबाट ट्रकको टायरमा क्षेती पुगेको छ । ट्रकको पछाडिको टाएरमा आगलागि भएको उनले बताए ।

टिप्पणीहरू