संसदको हिउँदे अधिवेशन शुरु, लगत्तै पुस ६ गतेसम्म स्थगित

संसदको हिउँदे अधिवेशन शुरु, लगत्तै पुस ६ गतेसम्म स्थगित

आजबाट प्रतिनिधि सभाको हिउँदे अधिवेशन सुरु भएको छ । दिउँसो २ बजेबाट संघीय संसदमा बैठक सुरु लगत्तै नेकपा एमालेका सांसदहरुले अवरोध गरेका छन् ।

उनीहरुले संवैधानिक सर्वोच्चता कायम गर, संसदीय मर्यादा कायम गर, गैरसांसदलाई बैठकमा प्रवेश निषेध गर, हाम्रो बिरोध जारी छलगायतका नारा लगाएका छन् । संसदको अघिल्लो अधिवेशनमा पनि एमालेले यस्तै अवरोध गरेको थियो ।

सभामुख अग्नि प्रसाद सापकोटाले सदन सुचारु सञ्चालनको निम्ति आग्रह गरे पनि एमालेले बिरोध जारी राखेको छ । यसैबीच सभामुख सापकोटाले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीलाई यसअघि सरकारले जारी गरेको विभिन्न अध्यादेश पेश गर्न आदेश दिनुभएको छ ।

मन्त्री बडुले एमालेको बिरोधका बाबजुद पनि रोष्ट्रमबाट अध्यादेशहरु संसदसमक्ष पेश गर्नुभएको छ । सभामुखले प्रतिनिधिसभाको बैठक आगामी पुस ६ गतेसम्मको लागि स्थगित गर्नुभएको छ ।

टिप्पणीहरू