एमसीसीविरुध्द संयुक्त आन्दोलनको घोषणा,सोमबार एमसीए कार्यालय घरिने

एमसीसीविरुध्द संयुक्त आन्दोलनको घोषणा,सोमबार एमसीए कार्यालय घरिने

एमसीसीविरुध्द विभिन्न संघसंस्थाले एकीकृत आन्दोलन गर्ने भएका छन् । नेपालका सत्तारुढ दलहरुले विभिन्न रणनीति बनाएर एमसीसी पारित गर्न खोजेको आरोप लगाउँदै उनीहरुले लगातार चार दिनसम्म विरोध गर्न लागेका हुन् ।

मुलुकको भौगोलिक,राजनीतिक, यातायात,सामाजिक तथा संस्कृतिमा अमेरिकाद्वारा हस्तक्षेप गर्न खोजिएको उनीहरुको ठहर छ । उनीहरुले जारी गरेको संयुक्त विज्ञप्तिमा अमेरिकी साम्राज्यवादसँग नेपाली दलाल पुँजीवादी सत्ताधारीको षड्यन्त्रको बिरोधमा उत्रने चेतावनी दिएका छन् ।

डिसेम्बर १३ मा न्युयोर्कस्थित एमसीसी मुख्यालयमा सोसम्बन्धी बैठक राख्नु,अर्कोतिर भोलिपल्ट मंसिर २८ गते संसद अधिवेशन आह्वान गर्नुले एमसीसी पारित गर्ने सम्भावना रहेको हुँदा उनीहरुले संयुक्त आन्दोलन गर्न लागेका हुन् ।

‘कुनै पनि हालतमा एमसिसी अनुमोदन हुन नदिने,’उनीहरुको दाबी छ । राष्ट्रघाती परियोजना लागू गर्न नहुने माग गर्दै आठ वटा कम्युनिष्ट पार्टीले संघर्षका कार्यक्रम घोषणा गरेका छन् । आन्दोलनका कार्यक्रमलाई प्रभावकारी बनाउन सबैमा आग्रह समेत गरिएको छ ।

‘एमसिसी परियोजना खारेज गर’ भन्दै आज प्रचारप्रसारको निम्ति जुलुस निकालिएको छ । त्यस्तै, आगामी सोमबार काठमाडौं,दरवारमार्गको याक एण्ड यति होटेलस्थित एमसीए कार्यालय घेराउ गर्ने र मंगलबार संसद भवन घेराउ गर्ने घोषणा गरिएको छ । थप संघर्षका कार्यक्रमहरु परिस्थतिलाई हेरेर तय गरिने आयोजकहरुले जानकारी दिएका छन् ।

टिप्पणीहरू