१२ कक्षाको प्रमाणपत्र लिन अन्त जानु नपर्ने

१२ कक्षाको प्रमाणपत्र लिन अन्त जानु नपर्ने

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षाको मार्कसिट र सर्टिफिकेट विद्यालयबाटै वितरण गर्ने निर्णय गरेको छ । कोरोनाको जोखिमलाई मध्यनजर गर्दै बोर्डले सम्बन्धित विद्यालयबाटै शैक्षिक प्रमाणपत्र लिने व्यवस्था मिलाएको हो ।

बोर्डका अनुसार, यो वर्ष विद्यार्थीले आफूले अध्ययन गरेकै विद्यालयबाट शैक्षिक प्रमाणपत्र लिन सक्ने छन् । यसअघि कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीलाई राष्ट्रिय परीक्षा बोर्डसम्म पुगेर प्रमाणपत्र लिनुपर्ने बाध्यता थियो ।

यो वर्ष बोर्डले सम्बन्धित विद्यालयमै शैक्षिक प्रमाणपत्र पठाउने बताएको छ । महामारीका कारण विद्यार्थीले आफू पढेको विद्यालयबाटै प्रमाणपत्र लिन सक्ने छन् ।

बोर्डले कक्षा १२ को यो वर्षको परीक्षाको परीक्षाफल मंसिर १७ गते प्रकाशित गरेको थियो । गत भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको परीक्षामा ३ लाख ८५ हजार विद्याथी सहभागी थिए ।

टिप्पणीहरू